पत्थरीको उपचार गर्न गएकी धादिङकी अनिता गुरूङको ॐ अस्पतालले ज्यान लियो (भिडियोसहित)
५ असोज, काठमाडाैँ । काठमाडाैँको चाबहिलमा रहेको ॐ अस्पतालले फेरि एकजना बिरामीको ज्यान लिएको छ । चिकित्सकको लापरबाहीका कारण धादिङकी २९ वर्षीय अनिता गुरूङको ज्यान गएको हो । शनिबार पत्थररीको उपचार गर्ने नाममा ॐ अस्पतालमा अदक्ष चिकित्सकले गुरूङको ज्यान लिएका हुन ।

गएराति देखि नै अस्पतालमा मृतकका अाफन्तले अस्पतालको गैरजिम्मेवारी हर्कतको बारेमा खबरदारी गरिरहेका छन । अहिले मृतकका अाफन्त र ॐ अस्पताल प्रशासनका बीचमा वार्ता भैरहेको छ । अनिता गुरूङकी अाफन्त राजकुमार लामाले चिकित्सको लापरवाहीले पत्थरीको उपचारका लागि अस्पताल लगिएको अनिताको मृत्यु भएको र अहिले अस्पतालमा छलफल भैरहेको जानकारी दिए ।
ॐ अस्पतालमा यसअघि पनि धेरै बिरामीले अस्पताल र चिकित्सको लापरवाहीका कारण ज्यान गुमाएका छन । ॐ ले भने क्षतिपूर्तिका नाममा पैसा तिरेर बिरामी मार्नेक्रमा रोकेको छैन । चिकित्सको लापरबाही र कमजोरी सुधार्नेमा भन्दा पीडितलाइ क्षतिपूर्ति भाराउनेमामात्र अस्पतालको सक्रियता रहेको देखिन्छ ।
यो पनि पढ्नुहोस्
-पित्तथैलीको शल्यक्रिया गर्न गएका बिरामीको ॐ अस्पतालले आन्द्रा काटिदियो, बिरामीको मृत्यु
प्रकाशित मिति : September 22, 2019 at 1:12 pm









