८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

भरतपुर महानगरपालिका–१६ का वडा अध्यक्ष चतुर्मान गुरूङको निधन

४ असोज, चितवन । भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ । भरतपुर महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारीका अनुसार गुरूङको आज बिहान ११ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेजमा निधन भएको हो ।

गुरूङ क्यान्सर रोगबाट पीडित हुनुहन्थ्यो । उहाँ तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार भई विजयी हुनुभएको थियो । उहाँका एक श्रीमती र तीन छोरा छन् । दुई छोरा विदेश भएकाले अन्त्येष्टिका लागि केही दिन लाग्ने भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : September 21, 2019 at 7:45 pm