९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

तनहुँकाे आँबुखैरेनीमा बसको ठक्करबाट युवकको मृत्यु

४ असाेज, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा शहीद लखन गाउँपालिका–२ घर भई आँबुखैरेनी गाउँपालिका–३ बस्ने २८ वर्षीय यमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको लु१ख ८००२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा९९प १४७३ नंको मोटरसाइकललाई आँबुखैरेनी गाउँपालिका–३ बजार क्षेत्रमा ठक्कर दिँदा थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक महेशराज पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसको ठक्करबाट घाइते थापाको स्थानीय छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : September 21, 2019 at 2:24 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/