८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

नेपाल भ्रमण वर्ष २०२० थोत्राे ट्रकमा घुचेटेर कहिले पुग्ने गन्तव्यमा ? (भिडियोसहित)

४ असोज, काठमाडौँ । नेपाल भ्रमण वर्षको तयारी सुस्त भयो भनेर आलोचना भैरहेको समयमा केही दिनअघि काठमाडौँको सोल्टी होटलमा धुमधामका साथ फेसबुक पेज लञ्च गरियो । फेसबुक पेज लञ्ज गरेको नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले संविधान दिवसको दिन टुँडिखेलमा देखाउनका लागि नेपालका विशेषता झल्कने गरी तयार पारेको पेभेलियन ट्रक बिग्रियो ।

भ्रमण वर्षको राष्ट्रिय संयोजक रहेका सुरज वैद्य असिनपसिन भए । उनी भन्दैथिए यत्रो पैसा खर्च गरेको प्रधानमन्त्रीलाई देखाउन नपाएपछि के गर्ने ? सुरज वैद्यको पसिना निक्ल्ने ट्रक धकेल्न एक दर्जन सशस्त्र प्रहरी आए तर बिडम्बना ट्रक राम्रोसँग हल्लाउन पनि सकेनन् । पछि अर्को गाडीले डोरी लगाएर तानेर हिडायो । भिडियो तल हेर्नुहोस् ।

नेपाल भ्रमण वर्षको वास्तविकता झल्कने यो दुर्भाग्यले आगामी दिन कस्तो हुन्छ भन्ने संकेत गर्छ । हुनत नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि भारतीय सीमा नाकामा राखेर नेपाल प्रवेश गर्ने सबै भारतीयलाइ पर्यटक घोषणा गरेर लक्ष्य पूरा गर्न सकिएला तर सचिवालय बनेको १० महिनापछि एउटा फेसबुक पेज लञ्ज गर्न सोल्टीमा कार्यक्रम बाहेक खास केही हुन सकेको छैन् ।

प्रकाशित मिति : September 21, 2019 at 10:10 am