१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

संविधान दिवसको अवसरमा राष्ट्रपतिद्धारा २६० कैदीको सजाय कट्टा, २२ लाई माफी

३ असोज, काठमाडौँ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले २ सय ६० जना कैदीहरुको भुक्तानी हुन बाँकी कैद सजाय कट्टा गरेकी छिन् । त्यस्तै, २२ जना व्यक्तिहरुको सजाय माफ गरेकी छिन् ।


मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन( ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियममावली, २०७६ बमोजिम भीमबहादुर शेर्पासहित २ सय ६० जना कैदीहरुको भुक्तनी हुन बाँकी कैदको सजाय कट्टा गरिएको हाे ।

त्यस्तै, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा रामकिशोर साह तेलीसहित २२ जना व्यक्तिहरुलाई विभिनन अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व लगायतको सजाय माफी गरिएको छ ।

प्रकाशित मिति : September 20, 2019 at 9:34 am