कुलेखानी–फाखेल–हुमाने–फपिङ सडकखण्डमा आजदेखि सवारीसाधन बन्द
३ असोज, काठमाडाैँ । कुलेखानी–फाखेल–हुमाने–फपिङ सडकखण्डमा शुक्रबारदेखि असोज ११ गतेसम्मका लागि सवारीसाधन आवागमन बन्द गरिने भएको छ ।

सडकको पहिरो पन्छाउनु पर्ने भएकाले सवारीसाधन आवागमन बन्द गरिने भएको हो । कुलेखानी–फाखेल–हुमाने सडक मर्मतसम्भार उपभोक्ता समितिका अनुसार शुक्रबारदेखि कुलेखानी–सिस्नेरी सडकखण्ड भएर यातायात सञ्चालन गरिने छ ।
प्रकाशित मिति : September 20, 2019 at 7:55 am









