८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

श्रमिकको हितमा मलेसिया रोजगारी सुचारू भएकोमा वैरोव्यवसायी खुशी, मन्त्रीलाई दिए धन्यवाद

३० भदाै, काठमाडाैँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले शून्य लागतसहित मलेसिया रोजगारी नियमित भएकामा खुशी व्यक्त गरेको छ । सङ्घका अध्यक्ष रोहन गुरुङले मंगलबार एक विज्ञप्ति जारी गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको विशेष पहलकदमीबाट मात्र मलेसिया जाने श्रमिकलाई आर्थिक राहत मिलेको भन्दै धन्यवाद दिएको छ । उसले विशेष चासो प्रकट गरेकामा प्रधानमन्त्रीलाइ समेत धन्यवाद दिएको छ । संघले लामो समयदेखि उठाउँदै आएको विषय सम्बोधन भएको बताएको छ ।

संघले नेपाल र मलेसिया सरकारबीच भदौ २६ गते भएको सहमतिले आफुहरुले लामो समयदेखि उठाउदै आएको माग सम्बोधन भएको भन्दै संघले बिज्ञप्ती जारि गर्दै सरकारलाई धन्यबाद दिएको हो । विज्ञप्तिमा भनिएको छ ‘दुईदेशबीचको सहमति पुर्व नेपाली श्रमिकले बिभिन्न संस्था र प्रणालीको नाममा ठुलो रकम भुक्तानी गर्नुपर्ने अवस्था रहेको थियो’ बिज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकार तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पहल कदमीले मलेसिया जाने श्रमिकलाई आर्थिक राहत मिलेको छ’। मलेसिया र नेपाल सरकारबीच २०७५ कात्तिक १२ गते भएको ऐतिहासिक श्रम समझदारी कार्यन्वयन हुने गरि २०७६ भदौ २६ गते भएको दुई देशबीचको सहमतिले मलेसिया जाने नेपाली श्रमिकलाई धेरै सुविधा थपेको छ।

प्रकाशित मिति : September 16, 2019 at 11:49 pm