८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

उखु खेतमा गएको अवस्थामा चट्याङ लागेर प्रभु साहकाे घटनास्थलमै मृत्यु

३० भदाै, बारा । बारामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । उखु खेतमा पम्पिङसेटबाट पानी तान्न गएको बेला चट्याङ लागेर मंगलबार बेलुका सिम्रौनगढ नगरपालिका–११ का ४० वर्षीय प्रभु साह तेलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।

चट्याङ लागेर आर्दश कोतवाल गाउँपालिका–४ कोइलीडिलका ३० वर्षीय विजय यादव घाइते भएको र उनको उपचार जिल्ला अस्पताल कलैयामा भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : September 16, 2019 at 11:17 pm