८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

कांग्रेस नेता शिव अधिकारीलाई पर्यटन पत्रकारिता पुरस्कार, उद्घोषकले दिए कमरेडको उपाधि

३० भदाै, काठमाडाैँ । नेपाली कांग्रेस नुवाकोटका नेता शिव अधिकारीले पोष्टबहादुर बोगटी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७६ प्राप्त गरेका छन । पाँचौ पोष्ट बहादुर बोगटी स्मृति दिवसको अवसरमा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले कांग्रेस नेता अधिकारीलाई पोपोष्टबहादुर बोगटी स्मृति पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । उनी गन्तव्य नेपालका अध्यक्ष समेत हुन । पछिल्लो समय नेपाली कांग्रेस नुवाकोटको अामन्त्रित सदस्यमा मनोनित अधिकारी सक्रिय राजनीतिमा रहेका छन ।

सोमबार धुम्बराहीस्थित नेकपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अधिकारीलाई २५ हजार नगदसहित प्रमाण हस्तान्तरण गरे । पुरस्कार छनाैटका लागि पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानले नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द्र आचार्यको संयोजकत्वमा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पम्फा धमला र राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का उपाध्यक्ष प्रकाश खालिङ रहेको तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो । छनाैट समितिमा रहेका खालिङ अधिकारीकै सहयोगी समेत हुन ।

अधिकारीले पुरस्कार प्राप्त गरिसकेपछि कार्यक्रम सञ्चालन गरिरहेका नेकपाका नेता एवं सांसद हितबहादुर तामाङले कमरेड शिव अधिकारी भनेर सम्बोधन गरेका थिए । तामाङले अधिकारीलाइ कमरेड भनेपछि उपस्थित नेकपाका नेता कार्यकर्ता अधिकारी नेकपा प्रवेश गरेको हो र भन्दै कानेखुशी गरिरहेका थिए । पुरस्कारको विषयलाइ लिएर प्रतिष्ठानका एक जना पदाधिकारी बद्री रिमालले असन्तुष्टि व्यक्त गरेका छन । उनले कार्यक्रमस्थलबाटै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै क. पोष्ट बहादुर बोगटीको नामसँग जोडेर कसलाइ सम्मान गरिदै छ ? भन्दै चारवटा प्रश्नबाचक चिन्ह राखेका छन ।

प्रकाशित मिति : September 16, 2019 at 12:41 pm