मुद्दा चले ज्ञानेन्द्र शाहीलाई २० वर्ष कैद र सबै सम्पत्ति जफत हुने
३० भदाै, काठमाडाैँ । प्रहरीले राजवादी अभियानका नाममा समाजमा अराजक गतिबिधि गर्दै अाएको नेपालका लागि नेपाली अभियानका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीको विरूद्धमा मुद्दा दर्ताको तयारी गरेको छ । प्रहरी स्रोतका अनुसार शाहीले ‘गैर सैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५’ को ९(क) १ को घ बमोजिमको कसुर गरेकोले सोही बमोजिम मुद्दा दर्ता गर्ने तयारी भएको छ । साथै अर्को मुद्दा पनि शाही माथि दर्ता गर्ने तयारी गरिएको छ । उक्त मुद्दामा अदालतफे शाहीलाइ १० देखि २० बर्षसम्म कैद र शाहीको सम्पुर्ण सम्पत्ति जफत गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

शाहीले शनिवार साँझ नेपालगन्ज बिमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गरेका थिए । शाहीले शनिबार भएको घटनाबारे जानकारी दिने भन्दै आइतबार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा खास पत्रकारहरुको भन्दा पनि युट्युबरहरुको धेरै उपस्थिति थियो । पत्रकार सम्मेलनमा शाहीमाथि युट्युबरहरुको प्रश्नको वर्षा भयो । प्रश्नको उत्तर दिन नसक्नेस्थिति भएपछि युट्युबर र शाही समर्थक बीच हात हालाहाल भएको थियो। स्थिति अनियन्त्रित भएपछी प्रहरीले हस्तक्षेप गर्दै शाहीलाई सुरक्षाको लागि नियन्त्रणमा लिएको थियो। सोही क्रममा शाहीले प्रहरीमाथी हातपात गरेको प्रहरीको दावी छ ।
यता पर्यटनमन्त्री भट्टराइले भने शाहीलाइ मुद्दा चलाउन नदिने तयारी गरेका छन । उनले अर्को पटक गल्ती नगर्ने शर्तमा शाहीलाइ छाडिदिन भन्दै गृह मन्त्रालयका अधिकारीसँग अनुरोध गरेको गृह स्रोतले जनाएको छ ।
प्रकाशित मिति : September 16, 2019 at 11:29 am









