प्रहरीसँगै रहेका अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष साउद माथि गोली प्रहार
३० भदाै, काठमाडाैँ । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदमाथि अाइतबार साँझ गोली प्रहार भएको छ । गाउँपालिकाको वडा नम्बर ३ काे कार्यालयमा एक जना प्रहरीका असइसँगै रहेका उनीमाथि गोली प्रहार भएको हो । दुइ जनाको समूहका रहेका व्यक्तिले उनी माथि गोली प्रहार गरेको अछामा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताएका छन ।

गाउँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा बस्दै आएका साउदमाथिस गोली प्रहार भएको हो । उनी गाउँपालिका कार्यालय रहेको भवनको माथिल्लो तलामा बस्दै आएका थिए । शाउदसँग शान्तडा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भरतबहादुर रोकायासमेत सँगै रहेका थिए । साउदको अवस्था सामान्य रहेको छ ।
प्रकाशित मिति : September 16, 2019 at 7:04 am









