रुपन्देहीमा गोली हानी एक व्यक्तिको हत्या
२९ भदौ, बुटवल । रुपन्देहीमा गोली हानी एक व्यक्तिको हत्या गरिएकाे छ । बैंकबाट रकम लिएर फर्किँदै गरेका ओमसतिया गाउँपालिका-५ का महेन्द्र कुर्मीको रोहणी गाउँपालिका-३ मा हत्या भएको हो ।
बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पच्छ्याउँदै आएको समूहले गोली हानेर ५ लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी, कार्यालय रुपन्देहीले जनाएकाे छ । कुर्मीको घटनास्थलमै मृत्यु भएको छ ।
गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : September 15, 2019 at 4:13 pm









