मन्त्रीको पावर देखाउँदै एक घण्टा विमान कुराउँदा झण्डै कुटिए पर्यटनमन्त्री भट्टराई (भिडियोसहित)
२८ भदाै, काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मन्त्रीको हैसियत देखाउँदा तनाव भएको छ । पर्यटनमन्त्री भट्टराईले नेपालगञ्ज कठमाडाैँको बुद्ध एयरको विमानग एक घण्टा ढिला गराएपछि उनीमाथि विमानभित्रै हातपातको कोशिश भएको हो । उनीमाथि हातपातको प्रयास गर्ने समूहको नेतृत्व भने राजावादीको नाममा अराज समूहको नेतृत्व गरिरहेका ज्ञानेन्द्र शाहीले गरेका छन । उनले मन्त्री भट्टराईलाई तथानाम गाली गरिरहेका छन ।

यता मन्त्री भट्टराईले अाफ्नो केही कमजोरी स्वीकार गर्दै अाफ्ना कारण परेको असुविधानप्रति क्षमा मागेका छन । मन्त्री भट्टाराईले कैलालीको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कनेक्रममा धनगढीमा विमान छुटेका कारण नेपालगञ्जबाट काठमाडौं आउने क्रममा केही ढिला विमानस्थल पुगेको बताएका छन । उनले ज्ञानेन्द्र शाहीसहित ४/५ जनाको समुहले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गर्न खोजेको बताएका छन । मन्त्री भट्टराईले आइतबार प्रतिनिधिसभाको बैठकमा आफुले जवाफ दिनुपर्ने भएकाले बाध्यात्मक परिस्थितिमा बुद्ध एयरसंग अनुरोध गरी नेपालगञ्जबाट काठमाडौं आउनुपरेको बताउनुभएको छ । उहाँले निर्धारित समयभन्दा १५ मिनेट ढिला पुगेकोमा यात्रुहरुमा पर्न गएको असुविधाप्रति माफी माग्नुभएको छ ।
उनले फेसबुकमा यस्तो लेखेका छन
आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३/ ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु । मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।
भिडियो हेर्नुहोस्
प्रकाशित मिति : 23:09









