८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

मैले एनसेलको नाम पनि सुनेको छैनः सभापति देउवा

२८ भदौ, दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन दाङले शनिवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको बताए ।

‘कुनै पनि हालतमा राजतन्त्र फर्किंदैन,’ उनले भने, ‘यो हल्ला मात्रै हो ।’ एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाउँदै सभापति देउवाले भने, ‘एनसेलको मैले नाम पनि सुनेको छैन । वाइडबडीका विषयमा पहिलो पटक कुरा उठाउने म नै हुँ ।’

अर्को फरक प्रसंगमा सभापति देउवाले दाङमा उचित संरचना नहुँदा प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवल तोकिएकोसमेत बताए । ‘दाङमा राम्रा भवन छैनन्,’ उनले भने, ‘मुख्यमन्त्री दाङकै हुनुहुन्छ यो विषयमा उहाँलाई नै सोध्नुस् ।’

बाँकेका कांग्रेस सभापति सहितका नेता तथा कार्यकर्ता घाइते हुने गरी भएको घटनाको दोषीलाई कारवाही गर्न पनि उनले सरकारसँग माग गरे । ‘बाँकेमा गम्भीर खालको घटना भएको हो,’ उनले भने, ‘यो घटनाका दोषी जो कोहीलाई पनि कारवाही गर्नुपर्छ ।’

प्रकाशित मिति : September 14, 2019 at 7:26 pm