प्रेस काउन्सिल नेपाल विश्व प्रेस काउन्सिलको उपाध्यक्षबाट महासचिवमा निर्वाचित
२७ भदाै, काठमाडाैँ । प्रेस काउन्सिल नेपाल विश्व प्रेस काउन्सिलको उपाध्यक्षबाट महासचिवमा निर्वाचित भएकाे छ । प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुषालले अजरबैजानमा शुक्रवार सम्पन्न सम्मेलनबाट नेपाल महासचिवमा निर्वाचित भएकाेे जानकारी दिए । साधारणसभामा नेपालबाट कार्यबहाक अध्यक्ष किशाेर श्रेष्ठ र सदस्य गाेविन्द चाैलागाईले सहभागिता जनाएका छन । नेपालकाे तर्फफबाट महासचिवकाे जिम्मेवारी भने कार्यबहाक अध्यक्ष श्रेष्ठले पाएका छन ।

मुख्य अधिकृत भुषालले सामाजिक सञ्जाल मार्फत यस्ताे भनेका छन `प्रेस काउन्सिल नेपाल विश्व प्रेस काउन्सिलको महासचिवमा निर्वाचित भएको छ । काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डलले अजरबैजनको राजधानी बाकुमा सम्पन्न विश्व प्रेस काउन्सिलको साधरण सभामा भाग लिएको छ । प्रेस काउन्सिल नेपाल र यसको नेतृत्व गरिरहनु भएका कार्यवाहक अध्यक्षमा यो जिम्मेवारी प्राप्त हुनु नेपालकै गर्वको विषय हो । सबैलाई बधाई एवं सफलताको शुभकामना !!!´

नेपाल महासचिवमा निर्वाचित भएपछि प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशाेर श्रेष्ठले फेसबुकमा यस्तो लेखेका छन्ः ‘यो ठाउँसम्म पुर्याउने मेरो प्यारो मातृभूमि नेपाल, महान नेपाली जनता, नेपाल सरकार, प्रेस काउन्सिल नेपाल परिवार, समस्त पत्रकार जगत, साथी, शुभेच्छुकमा धन्यवाद ! यो खुशी, यो विजय व्यक्तिगत रूपमा मेरो हैन, समग्रमा नेपालको सामूहिक जीत हो! सबैमा बधाइ,सबैमा शुभकामना !
प्रकाशित मिति : September 13, 2019 at 6:20 pm









