काठमाडाैँकाे गोलढुंगामा प्रहरीले गोली चलायाे, धादिङका साजन गुरुङ पक्राउ
भदौ २७ काठमाडौँ । काठमाडौँको गोलढुंगास्थित फुलबारीमा प्रहरीले गाेली चलाएकाे छ । गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो ।
विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेको स्रोतले बतायो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले घटनाबारे पुष्टि गरेका छन् ।
उनले भने, ‘हामीले उनलाई उपचारका लागि ट्रमा सेन्टरमा ल्याइरहेका छौँ । गुरुङ धादिङका वासिन्दा हुन् । उनले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो । उनले प्रहरी अधिकृतलाई पनि धम्क्याउने गरेका थिए । स्रोतका अनुसार एक उच्च प्रहरी अधिकृतलाई हत्या गर्छु भनेर गुरूङले भनेको अडियो प्रहरी प्रधान कार्यालयसम्म पनि पुगेको थियो ।
प्रकाशित मिति : September 13, 2019 at 6:04 pm









