१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

बिमानस्थलको गेटबाट युवककाे अपहरण गरी फिराैती माग्ने नुवाकोटका मिलनसहित ४ जना पक्राउ

२७ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको गेट अगाडिबाट कास्की पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने ३८ वर्षीय एल्लि गुरुङकाे अपहरण गरी २ लाख ५० हजार रूपैयाँ फिरौती माग्ने ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका-१३ सोल्टीमोड बस्ने नुवाकोट लिखु गाउँपालिका-४ का ३१ वर्षीय मिलन राई, काठमाडौं सितापाईला बस्ने काभ्रे भुम्लु गाउँपालिका घर भएका ३० वर्षीय बिनेश पहरी, काठमाडौं सोल्टीमोड बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-२ घर भएका ३० वर्षीय दिनेश लामा र काठमाडौं सोल्टीमोड बस्ने २३ वर्षीय सुशिल उप्रेती रहेका छन् ।

उनीहरुले एल्लि गुरुङलाई ग.१ ञ १०६५ नम्बरको पर्यटक बोक्ने ट्याक्सीमा राखी सोल्टीमोडस्थित हंगेरी फुडल्याण्ड एण्ड क्याफेमा लगि उक्त रकम फिरौती मागेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले एल्लि गुरुङलाई उद्धार
गर्नुका साथै उक्त कार्यमा संलग्न ४ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति : September 13, 2019 at 5:47 pm