बसन्तपुरबाट पूर्वडीआईजी विजयराज भट्ट र पूर्वमेजर केशव बस्नेत पक्राउ
२७ भदौ, काठमाडौँ । बसन्तुपर क्षेत्रबाट प्रहरीले पूर्वडीआईजी विजयराज भट्ट र पूर्वमेजर केशव बस्नेतलाई पक्राउ गरेकाे छ । प्रहरीले उनिहरुलाई पक्राउ गरेर पुलिस क्लबमा राखेको बताइएकाे छ । प्रहरीले सडकमा हिँड्दै गरेका र पार्कमा बसिरहेकाहरुलाई समेत पक्राउ गरेको बताइएकाे छ ।
इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न बसन्तपुर जाने कार्यक्रम छ । तर, गुठी विधेयकको विषयलाई लिएर विरोध प्रदर्शन हुने सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यही क्रममा धरपकड भएको अनुमान गरिएकाे छ ।
प्रकाशित मिति : September 13, 2019 at 3:06 pm









