११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

राष्ट्रिय गान कहाँ किन बजाउने भन्ने आफ्नै मान्यता छन: मन्त्री बास्कोटा (भिडियोसहित)

२७ भदाै, काठमाडाैँ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राष्ट्रिय गान बजाउने र नबजाउने भन्ने विषयमा सरकारले पछिल्लो समय कुनै निर्णय नगरेको र निर्देशन पनि नदिएको बताएका छन । बिहीबार पत्रकार सम्मेलन मार्फत मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा मन्त्री बास्कोटाले राष्ट्रिय गानको बारेमा अनावश्यक टिप्पणी गरेर विवादमा ल्याउनुपर्ने कुनै अावश्यकता नरहेको बताए ।

मन्त्री बास्काेटाले फिल्म हल लगायतमा पनि राष्ट्रिय गान बजाउने रे भन्ने सुनेको बताउँदै । उनले  विभागिय मन्त्रीको हिसाबमा राष्ट्रिय गान बजाउन वा नबजाउन कसैलाई निर्देशन नदिएकाे बताए ।

 

मन्त्री बास्काेटाकाे भनाइ जस्ताकाे त्यस्तै 

फिल्म हलमा राष्ट्रिय गान बजाउने कुरा मैले पनि सुनिरहेको छु । फिल्म क्षेत्रको मन्त्रालय यही हो । मलाइ चाहिँ थाहा भएन । त्यसैले पहिला पहिला त भन्थे मान्छेहरू हावा नचली पात हल्लिदैन भनेर अहिले हावा नै नचली पातहरू हल्लेको देखेर यो कुन युग हो भनेर प्रश्न गर्न मन लागिरहेको छ । त्यसैले हामी नयाँ कानुनको ड्राफ्टमा छौ । र सबैलाइ थाहा छ राष्ट्रिय गान एउटा स्वतन्त्रता र मर्यादा, आत्मस्वाभिमान, राष्ट्रिय गौरवको विषय हो । त्यसैले यस विषयमा हाम्रा छुट्टै कानुनी प्रबन्धहरू छन । र तीनै कानुनी प्रबन्धहरूको आधारमा हामी जानुपर्छ । कहाँ गर्ने ? के गर्ने ? कुन अवस्थामा गर्ने ? कसरी गर्ने ? भन्ने कुरा त्यसहिसाबमै सोचेर गर्नुपर्छ । त्यसैले बाहिर चलेको कुराहरूको विषयमा मैले खास केही पनि बताउन आवश्यक ठानेको छैन ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति : 12:12