८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

बुद्धनगरमा एक महिलामाथि बलात्कार गरेर फरार भएका मनोज खत्री पक्राउ

२३ भदौ, काठमाडौँ । प्रहरीले तीन वर्ष पुरानो बलात्कार सम्बन्धी घटनामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला घर भइ बसुन्धारा बस्ने ३१ वर्षका मनोज खत्री छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनलाई बसुन्धाराबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले खत्रीलाई पक्राउ गरिएको पुष्टि गरे ।

उनका अनुसार २० माघ ०७४ मा खत्रीले बुद्धनगरमा एक महिलामाथि बलात्कार गरेको उजुरी परेको थियो । फरार अभियुक्त खोजतलास गर्ने क्रममा बसुन्धाराबाट पक्राउ गरी अनुसन्धानका लागि महागनरीय प्रहरी वृत्त, बानेश्वर पठाइएको थापाले बताए ।

प्रकाशित मिति : September 9, 2019 at 8:42 pm