२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

कृषिमन्त्री चक्रपाणि खनाल डेंगु मुक्त, अस्पतालबाट घर फर्कीए

२३ भदाै, काठमाडाैँ । कृषिमन्त्री चक्रपाणि खनाल आज अस्पतालबाट स्वास्थलाभ गरी घर फर्कीएका छन् । छ दिन अगाडी ज्वराे आएपछि मन्त्री खनाल अस्पातालमा भर्ना भएका थिए । कृषिमन्त्री खनाललाई डेंगुको संक्रमण देखिएको थियाे । डेंगुको संक्रमण पुष्टि भएसँगै मन्त्री खनाल ग्राण्डी अस्पताल भर्ना भएकाे र अहिले स्वस्थमा कुनै समस्या नरहेका कारणा मन्त्री खनाललाइ अस्पतालले डिस्चार्ज गरेकाे प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए ।

मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि मन्त्री खनालले निदान हस्पिटलमा स्वास्थय परीक्षण गराएका थिए । निदानका चिकित्सकले नै डेंगुको शंका गरेपछि उनलाई बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु रिफर गरिएको थियो ।बुधबार साँझ अस्पतालले डेंगु संक्रमण पुष्टि गरेपछि थप उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना भएका थिए ।

प्रकाशित मिति : September 9, 2019 at 3:41 pm