८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

मलेसियासहितका ४२ देशमा कार्यरत घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिन सुरू

२३ भदाै, काठमाडाैँ । मलेसियासहितका ४२ देशमा कार्यरत घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिन सुरू भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णविष्टको लामो प्रयासपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले श्रमस्वीकृति नरोक्न मन्त्रालयलाई निर्देशन दिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र वैदेशिक रोजगार विभागका महानिर्देशक डा भिष्म भुषाल ।

संसदीय समितिको निर्देशनपछि वैदेशिक रोजगार विभागलले मलेसियासहितका ४२ देशमा कार्यरत घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिन सुरू गरेको हो । शुक्रबारबाट सुरू भएको पुनः श्रम स्वीकृतिको प्रक्रियाबाट झन्डै १ लाख ३९ हजार घरेलु कामदारले लाभ लिन सक्नेछन । उनीहरू अब स्वदेश फर्केर पुनः श्रम स्वीकृति लिएर काममा फर्कन सक्नेछन । यसअघि  २०७३ चैत २३ देखि घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिन विभागले रोकेको थियो ।

विभागले काठमाडाैँसहित जनकपुर, विराटनगर, बुटवल र पोखरास्थित श्रम कार्यालयबाट पुनः श्रमस्वीकृति दिन थालिएको जनाएको छ । विभागका अनुसार पुनः श्रम स्वीकृति लिन कार्यरत देशका नेपाली दूतावासको सिफारिस भने अनिवार्य रहेको छ । कामदारले जानकारी पाउन भन्ने उद्देश्यले विदेशमा रहेका नेपाली दूतावासहरूले सूचना नै जारी गरेर पुन श्रमस्वीकृतिका लागि सिफारिस लिन अनुरोध गरेको छ ।

प्रकाशित मिति : September 9, 2019 at 1:19 pm