८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

काठमाडाैँको शंखरापुरमा सहचालकले चलाएको स्कुल बस दुर्घटना, कारबाहीका लागि बौद्ध पठाइयो

२३ भाद्र, काठमाडाैँ । काठमाडाैँको शंखरापुर नगरपालिका स्थित साँखुको बिरूवा डाँडामा सहचालकले चलाएको स्कुल बस दुर्घटनामा परेको छ । बस भित्तामा ठोक्किएका कारण ठूलो मानवीय क्षति हुनबाट रोकिएको छ । आइतबार बिहान शंखरापुर नगरपालिकामा रहेको सङ्गम स्कुको बा ३ ख ९६३३ नम्बर को बस दुर्घटनामा परेको हो । दुर्घटना लगत्तै घटनास्थलमा प्रहरीले विद्यार्थीको उद्धार गरेको थियो ।

बसमा ३१ जना सावार रहेको कक्षा ४ मा अध्ययनरत रोज तामाङलाई थप उपचारका भक्तपुर अस्पताल पठाइएको नेपाल प्रहरीको साँखु प्रभागका प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले दैनिकीलाई जानकारी दिए । प्रहरी निरीक्षक पन्थीले सहचालक राम बहादुर तामाङले बस चलाएर हेलचक्राइँ गरेको पाइएकाले कानुन बमोजिम कडा कारबाहीका लागि महानगरी प्रहरी वृत्त बाैद्ध पठाइएको बताए । ठूलो मनवीय क्षति हुनबाट बचेको भन्दै लाइसन्स नभइ बस चलाउने तामाङलाई हदैसम्मको कारबाही हुने बताए ।

प्रकाशित मिति : September 9, 2019 at 9:35 am