यस वर्षको दशैँको टीकाको साइत सर्वजनिक, टीका ग्रहण गर्न बिहान १०ः३५ बजेको समय उत्तम
२३ भदाै, काठमाडाैँ । यस वर्षको दशैँको टीकाको साइत सर्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैँको टीकाको साइत सार्वजनिक गरेको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक समिति अध्यक्ष प्राध्यापक डा रामचन्द्र गाैतमका अनुसार दशैंको टीकाको उत्तम साइत असोज २१ बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । विजया दशमीको दिन दिनभरी नै टीका लगाउन उत्तम हुने पनि गाैतमले बताए ।
प्रकाशित मिति : September 9, 2019 at 8:35 am









