८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

चितवनको भरतपुरबाट हराएकी ६ वर्षीय बालिका स्मृति कार्की मृत अवस्थामा फेला

२१ भदाै, काठमाडाैँ । भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन् । कैलाशनगर बस्ने छ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन् । उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन् । उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । अस्पतालले मृत घोषणा गरेको हो । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : September 7, 2019 at 12:14 pm