११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

स्वास्थ्य लाभ गरेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता, मुस्कुराए तर केही प्रतिक्रिया दिएनन्

२० भदाै, काठमाडाैँ । स्वास्थ्य लाभ गरेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन । उनी दिउँसो १२ बजे थाइ एयरवेजको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन । ओलीलाइ विमानस्थलमा स्वागत गर्न कार्यबहाक प्रधानमन्त्री इश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना लगायतका मन्त्रीहरुले विमानस्थलमा स्वागत गरे ।  विमानस्थलमा स्वागतका लागि उभिएका नेता कार्यकर्तालाई ओलीले मुस्कुराउदै अभिवादन गरे । तर प्रधानमन्त्रीले अाज सञ्चारकर्मीलाइ भने केही पनि प्रतिक्रिया दिएनन् ।

प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर गएका थिए । उनको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा गरिएको थियो । अस्पतालले उपचार सोचे अनुरुपको ठिक भएको भन्दै विहिवार डिस्चार्ज गरेको थियो । प्रधानमन्त्रीलाई भेट्न गएका सत्तारूढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडल पनि प्रधानमन्त्रीसँगै फर्किएका छन ।

प्रकाशित मिति : 12:53