९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

भारतकी मंगायम्माले ७३ वर्षको उमेरमा जुम्ल्याहा छोरी जन्माइन

२० भदाै, काठमाडाैँ । बीबीसी हिन्दीका अनुसार भारतको आन्ध्र प्रदेश राज्यस्थित गुन्टुर जिल्लाकी ७३ वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छन् । येरामति मंगायम्माले बुधबार बिहान साढे १० बजे बच्चा जन्माएकी हुन् । ‘आमा र बच्चाहरूको स्वास्थ्य अहिले ठिक छ। शिशुहरूलाई २१ दिनसम्म चिकित्सकको निगरानीमा राखिनेछ,’ उनको शल्यक्रियामा संलग्न डा उमा शंकरले बिबिसीसँग भनिन् । शल्यक्रिया गरेर उनीबाट जुम्ल्याहा छोरीको निकालिएको हो ।

सबैभन्दा बढी उमेरमा बच्चा जन्माउनेमा यी वृद्धाले कीर्तिमान बनाउन सक्ने ठानिएको बीबीसीले जनाएको छ। यसअघि सन् २००६ मा स्पेनमा जुम्ल्याहा बच्चा जन्माएकी महिलाको उमेर ६६ वर्ष थियो । जुम्ल्याहा पाएपछि प्रसन्नता व्यक्त गर्दै मंगायम्माले भनिन्, ‘मानिसहरूले मलाई बाँझी भन्ने गर्थे। मैले धेरै पीडा झेलेकी छु। अतः मैले बच्चा जन्माउने निर्णय गरेँ। मेरो जीवनको यो सबैभन्दा खुसीको क्षण हो।’

प्रकाशित मिति : September 6, 2019 at 12:37 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/