नेकपाको मर्यादाक्रम मिलेपछि पहिलो पटक झापा पूगेका झलनाथ खनालको भव्य स्वागत (भिडियोसहित)
१९ भदाै, झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको झापामा भव्य स्वागत भएको छ । एकीकृत पार्टीको मर्यादाक्रम मिलेर वरिष्ठ नेता भएपछि पहिलो पटक झापा पुगेका पूर्व प्रधानमन्त्री खनालको नेता कार्यकर्ताले भव्य स्वागत गरेका हुन । तत्कालीन नेकपा एमालेको वरिष्ठ नेता नै भए पनि पार्टी एकीकरणको समयमा जालझेलपूर्ण तरिकाले खनालको वरिष्ठ पद माधव नेपालले लिएका थिए । तर केही साता अघिको नेकपाको सचिवालय बैठकले मर्यादाक्रममा अध्यक्षद्धयपछि रहने गरी खनालको पद वरिष्ठ नेता तोकेको छ ।
झापामा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन जानेक्रममा भद्रपुर विमानस्थलमा खनालको स्वागतमा नेता कार्यकर्ताको लर्को नै लागेको थियो । झापा जिल्ला इन्चार्ज तथा संविधानसभाका सदस्य रबिन कोइराला सहित सांसदहरु स्थानीय तहका प्नमुखहरू, युवा तथा विद्यार्थीहरु साथै शुभचिन्तकहरुले विमानस्थलमै पुगेर खनालको स्वागत गरेका थिए ।

प्रकाशित मिति : 22:39









