११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

प्रधानमन्त्री ओली पूर्ण स्वस्थ भएको खबरले नेकपाका कार्यकर्ता उत्साहित, यसरी साट्दैछन खुशी

१९ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रूपमा स्वस्थ भएको खबरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कार्यकर्तामा उत्साह छाएको छ । प्रधानमन्त्री पूर्ण स्वास्थ रहेको र भोलि १२ बजे स्वदेश फर्कने खबर सार्वजनिक भएसँगै नेकपाका नेता कार्यकर्ताले सामाजिक सञ्जालमा खुशी साट्न सुरू गरेका छन ।

संसदीय समितिकी सभापति समेत रहेकी सांसद एवं नेकपाकी नेतृ निरूदेवी पालले प्रधानमन्त्रीको स्वस्थताको सूचनासँगै कांग्रेस नेता गगन थापालाइ व्यग्य गर्दै धारणा सार्वजनिक गरेकी छिन । उनले लेखेकी छिन ‘सम्माननीय प्रधानमंत्री ज्यु आज हस्पीटल बाट डिस्चार्ज हुनुभएछ। भोली दिउसो काठमाण्डौ आइ पुग्नुहुन्छ माननीय गगन जी प्रधानमंत्री ज्यु थप नया उर्जा का साथ देश र जनता का पक्षमा काम गर्नुहुनेछ देश लाई नया गति दिएर,समॄद नेपाल शुखी नेपाली को नारा लाई सार्थक बनाईं 5 बर्ष सरकार चलाएर मात्रै सम्माननीय प्रधानमंत्री ज्युले विश्राम लिनुहुनेछ।’

यस्तै नेकपाका एक जना सक्रिय कार्यकर्ता तीर्थ भट्टराईले प्रधानमन्त्री उपचार गरी स्वदेश फर्कने कुरालाई देशवासीकै लागि खुशीको खबर भएको बताएका छन । उनले फेसबुकमा लेखेका छन  ‘देशबासिका लागि खुसिको खबर। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य रिपोर्ट सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गरिएको थियो । सातौंपटक प्लाज्मा फेरेसिसस आज भएपछि रिपोर्टपनि आजै आएको थियो । उहाँको स्वास्थ्यको रिपोर्ट सामान्य रहेको र चिकित्सकले चलाएको औषधी उहाँको शरीरले राम्रो रेष्पोन्स गरेको उहाँका निजि चिकित्सकले जानकारी गराएकोले उहाँ भोलि दिउँसो १२ बजे काठमाडौ अवतरण गर्दै हुनुहुन्छ।’

यस्तै अनेरास्वववयूका नेता समिक बडालले पनि खुशी व्यक्त गर्दै प्रधानमन्त्रीलाइ स्वागत गर्न अातुर रहेको बताएका छन । उनले फेसबुकमा लेखेकाे छन ‘पुर्ण स्वास्थलाभ सहित सम्माननिय प्रधानमन्त्री भोलि १२ बजे स्वदेश फर्कनुहुने सुखद खबरले हामीलाइ उत्साहित बनाएको छ, हार्दिक स्वागत श्रदेय अध्यक्ष ज्यु |’

यस्तै अनेरास्ववियूकै अर्का नेता राजु तिवारीले फेसबुकमा लेखेका छन ‘प्रतिक्रियावादी र भारतिय दलालहरुले सडक देखि सदन सम्म हाम्रा प्रिय प्रधानमन्त्री र हाम्रा रगतले आर्जेको गणतन्त्रका विरुद्द विष वमन गरिरहदा, हाम्रा प्रम स्वास्थ्य लाभ गरि भोलि दिउसो १२ बजे स्वदेश फर्कदै हुनुहुन्छ! आदरणिय पार्टी अध्यक्ष एवं प्रम केपि शर्मा ओलिलाई हार्दिक स्वागत अभिवादन !’

पछिल्लो स्वास्थ्य रिपोर्ट अनुसार प्रधानमन्त्रीको स्वास्थ्य सामान्य अवस्थामा पुगेको छ । प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट सामान्य रहेको र चिकित्सकले चलाएको औषधि शरिरले राम्रो रेसपोन्स गरेको निजी चिकित्सकले बताएका छन । स्वास्थ्य अवस्था सामान्य भएपछि प्रधानमन्त्री भोलि दिउँसो १२ बजे स्वदेश फर्कने तय भएको छ । यसअघि अोली शरिरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि उपचारका लागि भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गरिएको थियो । सातौंपटक प्लाज्मा फेरेसिसस आज भएपछि रिपोर्टपनि आजै आएको थियो ।

प्रकाशित मिति : 22:19