११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रूपमा स्वस्थ, भोलि १२ बजे स्वदेश फर्कने

१९ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रूपमा स्वस्थ भएका छन । पछिल्लो स्वास्थ्य रिपोर्ट अनुसार प्रधानमन्त्रीको स्वास्थ्य सामान्य अवस्थामा पुगेको छ । प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट सामान्य रहेको र चिकित्सकले चलाएको औषधि शरिरले राम्रो रेसपोन्स गरेको निजी चिकित्सकले बताएका छन ।

स्वास्थ्य अवस्था सामान्य भएपछि प्रधानमन्त्री भोलि दिउँसो १२ बजे स्वदेश फर्कने तय भएको छ । यसअघि अोली शरिरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि उपचारका लागि भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गरिएको थियो । सातौंपटक प्लाज्मा फेरेसिसस आज भएपछि रिपोर्टपनि आजै आएको थियो ।

प्रकाशित मिति : 21:15