८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

भ्रष्टाचारी ठहर भएका तत्कालीन एमालेका नेता एवं पूर्व सांसद डिबी कार्की सतुंगलबाट पक्राउ

१९ भदाै, काठमाडाैँ । भ्रष्टाचारी ठहर भएका तत्कालीन एमालेका नेता एवं सांसद डिबी कार्की सतुंगलबाट पक्राउ परेका छन । उनी विशेष र सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहरभएकाक थिए । फरार रहेका कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार बिहान सतुंगलबाट पक्राउ गरेको हो । उनले सांसद हुँदा ‘प्रहरी निरीक्षक बनाइदिन्छु’ भन्दै विभिन्न व्यक्तिहरुबाट घुस खाएका थिए ।

भ्रष्टाचारको अभियोगमा २०६७ सालमा विशेष अदालतले कार्कीलाई दोषी ठहर गरेको थियो । केही महिनाअघि विशेषको उक्ता फैसला नै सर्वोच्च अदालतले सदर गरेको थियो । स्याङ्जा स्थयाी घर भएका कार्की ०६७ साल भदौमा प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका थिए । उनी तत्कालीन नेकपा एमालेका समानुपातिक सांसद हुन्

प्रकाशित मिति : September 5, 2019 at 1:51 pm