८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

नेवा राजनीतिक अभियानले पर्यटनमन्त्री योगेश भट्टराई सहभागी कार्यक्रम बहिष्कार गर्ने

१९ भदाै, काठमाडाैँ । नेवा राजनीतिक अभियानले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईसहभागी कार्यक्रम बहिष्कार गर्ने भएको छ । नेवारहरुको पहिचान र संस्कृतिमा आधारित ‘नेवा कमल पुखु’ मेटाएर बनाइएको छायाँदेवी कम्प्लेक्सको उद्घाटन भट्टराईले गरेको बिरोधमा उनीहरूले कार्यक्रमहरू बहिष्कार गर्ने घोषणा गरेका हुन । पोखरी मासेर बनाइएको छायाँदेवी कम्प्लेक्सको मन्त्री भट्टराइले गत पुष १० गते उद्घाटन गरेका थिए । 

नेवा राजनीतिक अभियानका श्रीकृष्ण मानन्धरले एउटा ज्ञापन पत्रनै पेश गरेर  नेवाः देय दबुको २५औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिने कार्यक्रममा मन्त्री भट्टराईलाई प्रमुख अतिथि नबनाउन अनुरोध समेत गरेकका छन । मानन्धरले मन्त्री भट्टराईलाई प्रमुख अतिथि नबनाउन माग गर्दै मन्त्री भट्टराई नै प्रमुख अतिथि रहने हो भने कार्यक्रमनै बहिष्कार गर्ने घोषणा गरेको छ । मानन्धरद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्र नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकारलाई बुझाइएको छ । यता सामाजिक सञ्जालमा समेत मन्त्री भट्टराइ सहभागी कार्यक्रम बहिष्कार गर्न अपिल गरिएको छ ।

ज्ञापन पत्रमा भनिएको छ ‘गएको २०७५ पुष १० गते थँबहि (ठमेल)को कमल पोखरीलाई समाप्त पारेर छाँयादेवी कम्प्लेस बनाएको उद्घाटन गर्ने अहिलेका संस्कृति पर्यटन मन्त्री योगेश भट्टराईलाई प्रमुख अतिथि बनाएकोमा साह्रै दुःख लाग्यो । नेवाःहरुको पहिचानसित सम्बन्ध भएको कमलपोखरीलाई समाप्त पारेको विरोध गर्दै एकातिर नेवाःहरुले संघर्ष गरिरहेको समयमा सांसदको हैसियतले पछाडिको ढोकाबाट गएर छाँयादेवी कम्प्लेस उद्घाटन गर्नुहुने मन्त्री भट्टराईको सो कार्य एक किसिमले नेवाः विरोधी कार्य हो । नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूबाट उहाँलाई प्रमुख अतिथि बनाएकोमा हाम्रो घोर आपत्ति छ । उहाँलाई प्रमुख अतिथि नबनाउनका लागि अनुरोध पनि गर्दछौं । उहाँलाई प्रमुख अतिथि बनाएमा त्यहाँ नेवाःहरुले विरोध गर्यो वा कुनै पनि किसिमको घटना घट्यो भने त्यसको जिम्मेवारी स्वयं दे दबू नै हुनेछ भन्ने पनि स्पष्ट गर्न चाहन्छौं ।’

हेर्नुहोस् ज्ञापन पत्र

प्रकाशित मिति : September 5, 2019 at 9:38 am