११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

अनेरास्ववियूका संयोजक ऐन महरसहितका विद्यार्थी नेतामाथि प्रहरी आक्रमण (फोटोफिचर)

१८ भदौ, काठमाडौं । अनेरास्ववियूका संयोजक ऐन महरसहितका विद्यार्थी नेतामाथि प्रहरीले आक्रमण गरेको छ । प्रहरीको आक्रमणबाट  अनेरास्ववियूका तीन नेता सख्त घाइते  भएका छन । प्रदर्शनका क्रममा बुधबार विहान पक्राउ परेका चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमका स्ववियु सभापति मिलन गैरेसहित नेताहरुलाई भेट्न नेपाल पुलिस क्लब पुगेका महरसहितका विद्यार्थीलाई गेटभित्र प्रवेश गर्न नदिइ प्रहरीले कुटपिट गरेको प्रत्यक्षदर्शी विद्यार्थीले बताएका छन ।

प्रहरीको कुटपिटबाट अनेरास्ववियु संयोजक ऐन महर, नेताहरू समिक बडाल, सुदेश पराजुलीलगायत घाइते भएका छन् । उनीहरूको बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : 22:50