८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

स्याङ्जामा जीप दुर्घटना, ११ महिने बालिकासहित ३ जनाको मृत्यु

१८ भदौ, बुटवल । स्याङ्जामा जीप दुर्घटना हुँदा ११ महिने बालिकासहित ३ जनाको मृत्यु भएकाे छ । पाल्पाको हुँगीबाट स्याङ्जातर्फ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप स्याङ्जाको गल्याङमा बुधबार दुर्घटना हुँदा एक ११ महिने बालिकासहित ३ जनाको मृत्यु भएको छ भने  २५ जना घाईते भएका छन् ।

मृतक मध्ये ११ महिनाकी बालिका पनसन परियारको मात्रै नाम खुलेको प्रहरीले जानकारी दिएकाे छ । जीपमा सवार २८ जनामध्ये बालिकाको घटनास्थलमै र अन्यको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइतेहरुको लुम्बिनी मेडिकल कलेल प्रवास र युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । पाल्पाबाट जाँदै गरेको जिप गल्याङ्बाट आएको जिपलाई साइड दिने क्रममा सडकबाट ३ सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : September 4, 2019 at 5:01 pm