११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

कमल थापालाई सांसद शर्माको प्रश्न, गाैहत्याका दाेषी नेपालगञ्जका मेयरलाई कारवाही गर्न सक्नुहुन्छ ? 

१८ भदौ, काठमाडौँ । सुर्खेतको विरेन्द्रनगरस्थित कटकुवा जंगलमा गाइ मारिएको घटनामा नेकपा सांसद इन्दुकुमारी शर्माले राप्रपा अध्यक्ष कमल थापासँग नेपालगञ्ज उपमहानगरका मेयरलाई कारवाही गर्न सक्नु हुन्छ भनेर प्रश्न गरेकी छिन् ।

प्रतिनिधि सभाकाे बुधवार बसेको बैठकको शून्य समयमा बाेल्दै नेकपा सांसद शर्माले यो घटनामा कम्युनिष्ट पार्टीबाट निर्वाचित जनप्रतिनिधि भएको भए सरकारलाई आलोचना गरिने स्मरण गरिन् । ‘यो घटनामा धर्मको नाममा राजनीति गर्ने पार्टी राप्रपाका मेयर जोडिनु भएको छ । कमल थापासँग प्रश्न, घटनाको मुख्य दोषी मेयर हुनुहुन्छ ? दोषीलाई कारवाही गर्नुहुन्छ ?’ सांसद शर्माले प्रश्न गरिन् ।

प्रकाशित मिति : 13:43