८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

सुन तस्करीको नयाँ काइदा, चक्कुको बिँडमा लुकाएको आधा किलो सुनसहित पक्राउ परे सन्तोष

१८ भदाै, काठमाडाैँ । सुन तस्करीको नयाँ कइदा पत्ता लागेको छ । प्रहरीले एक जनालाई चक्कुको बिँडमा लुकाएर ल्याएको अाधा किलो सुनसहित एक जनालाई पक्राउ गरेसँगै सुन तस्करीको नयाँ तरिका पत्ता लागेको हो । चक्कुको बिडभित्र लुकाएर ल्याएको सुनसहित सन्तोषकुमार नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेपाल बायु सेवा निगमको उडानबाट दोहा हुदै नेपाल आएका कास्कीका सन्तोषकुमार नेपालीलाई बिमानस्थल प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका नेपालीले २ वटा चक्कुको बिंडमा आधा किलो सुन लुकाएर ल्याएका थिए । उनलाई बुधबार नै राजश्व अनुसन्धान बिभागमा बुझाईने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : September 4, 2019 at 12:34 pm