लुक्लाबाट काठमाडौँका लागि उडेको सीता एयरको जहाज दुर्घटना हुनबाट जाेगियाे
१८ भदौ, काठमाडौँ । लुक्लाबाट काठमाडौँका लागि उडेको सीता एयरको जहाज दुर्घटना हुनबाट जाेगिएकाे छ । लुक्लाबाट बुधबार बिहान उडेको सीता एयरको ९ एन–एजेएच जहाजको एउटा इन्जिन आकासमै फेल भएको थियो । तर चालकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराउन सफल भएको कम्पनीले जनाएको छ ।
बुधबार बिहान करीब पौने ९ बजे जहाजले आकस्मिक अवतरण गरेको हो । जहाजमा यात्रु नभएके र चालक दलका सदस्य र जहाज सुरक्षित रहेको सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले ट्विटमार्फत जानकारी गराएका छन् ।
प्रकाशित मिति : September 4, 2019 at 12:15 pm









