रसुवामा कन्टेनर चालक प्रहरीबाटै निर्घात कुटिए (भिडियोसहित)
१८ भदौ, काठमाडौँ । रसुवामा १ जना कन्टेनर चालक नेपाल प्रहरीबाटै निर्घात कुटिएका छन् । नेपाल-चीन सामान ढुवानीका लागि प्रयोग हुँदै आएको बा. ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक श्रीमान् तामाङ मंगलबार नेपाल प्रहरीका सहायक निरीक्षक (असई) र हवल्दारबाट रसुवाको टिमुरेमा कुटिएका हुन् ।
चालकलाई हातपात गर्ने असई र हवल्दारको पहिचान भने प्रहरीले गाेप्य राखेकाे छ । २ जना प्रहरीले अश्लील गाली गर्दै, भुत्ल्याउँदै लात्ती र मुक्का हानेर चालकलाई लडाएको भिडियोमा देखिन्छ । चालकमाथि प्रहरीको ज्यादतिपछि प्रत्यक्षदर्शीले त्यसो नगर्न आग्रह गरे पनि उल्टै प्रहरीले धम्याएका छन् ।
सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक भएपछि प्रहरीकाे ज्यादतीकाे सर्वत्र आलोचना भएको छ । ट्यांकर चालकहरूले घटनाको विरोधमा बुधबार सवारी आवागमन बन्द गराउने चेतावनी समेत दिएका छन् ।
हेर्नुहाेस् भिडियाेः
प्रकाशित मिति : September 4, 2019 at 11:39 am









