प्रधानमन्त्री ओलीले नै फोन गरेर बोलाएपछि नेकपा उपाध्यक्ष बामदेव गौतम आज सिंगापुर जाँदै
१८ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम आज सिंगापुर जाने भएका छन । उनी प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यअवस्था बुझ्न र पार्टी संगठनको कामका बारेमा छलफल गर्न सिंगापुर जान लागेका हुन । उपाध्यक्ष गौतम दिउँसो १ बजेको फ्लाइटबाट सिंगापुर उड्न लागेको प्रेस संगठनका नेता विश्वमणि सुवेदीले जानकारी दिए । प्रधानन्त्री ओलीले नै फोन गरेर बोलाउनु भएकाले गौतम सिंगापुर जान लागेको सुवेदीले बताए ।

यसअघि नेकपा महासचिव विष्णु पौडेलसँगै गौतम पनि जाने तय भएको थियो तर पौडेलले बुक गराएको टिकट पछि क्यान्सिल गराइएको थियो । पौडेल सिंगापुर पुगेपछि प्रधानमन्त्री ओलीले बामदेवजी खोइ भनेर खोजी गरेका थिए । पछि ओली आफैँले गौतमलाइ फोन गरेर सिंगापुर आउन अनुरोध गरेको बुझिएको छ । प्रधानमन्त्री ओली केही सातादेखि सिंगापुरमै रहेर स्वास्थ्य उपचार गराइरहेका छन ।
प्रकाशित मिति : 08:07









