११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्रीले मन्त्रीहरूसँग दोस्रो पटक छलफल गरे

१७ भदाै, काठमाडाैँ । भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्रीले मन्त्रीहरूसँग दोस्रो पटक छलफल गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रो पटक सिंगापुरबाटै मन्त्रिपरिषद् सदस्यसँग भिडियो कन्फरेन्समार्फत छलफल गरेका हुन । भिडियो कन्फरेन्समार्फत मंगलबारको छलफललाई मन्त्रिपरिषद् बैठक भनिएको छैन । प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले मंगलबार दिउँसो १ः१० बजेदेखि मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफल भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन ।

गएको भदौ ९ गते सिंगापुरबाटै भिडियो कन्फरेन्समार्फत भएको छलफललाई भने प्रधानमन्त्री ओली स्वयंले मन्त्रिपरिषद् बैठक भनेका थिए । उनले लेखेका छन ‘सम्माननीय प्रम केपी शर्मा ओलीले सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधि मार्फत आज दोस्रो चोटी आफ्नो क्याविनेटका सदस्यहरूसंग सरकारका कामको बारेमा छलफल गर्नु भयो । उहॉले आफ्नो उपचारबारे जानकारी दिनुहुने र मन्त्रीज्यूहरूले आफ्नो कामकाबारे प्रमलाई अपडेट गर्नुहुने योजना रहेको छ।’

 

प्रकाशित मिति : 16:29