युएनको गाडीमा हतियार देखाएर लुटपाट गर्नेमाथि प्रहरीद्धारा गोली प्रहार
१६ भदौ, काठमाडौँ । युएनको गाडीमा हतियार देखाएर लुटपाट गर्ने १ जनालाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाँभार घर भएका नरेन्द्र न्यौपाने रहेका छन् ।
२०६८ सालमा युएनको गाडीमा हतियार देखाएर लुटपाट गरेको अभियोगमा न्यौपानेसहितका व्यक्तिलाई अदालतले ६ वर्ष कैद र २७ हजार ९ सय रुपैयाँ जरिवाना तोकेको थियो । तर उनीहरु फरार रहेका थिए ।
साेमबार भारतबाट नेपाल आइरहेको सूचनाको आधारमा जमुनाहा नाका पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनलाई पक्राउ गरी ल्याउँदै थियो । राँझाचोक नजिक आइपुगेपछि न्यौपाने प्रहरीले चलाएको मोटरसाइकलबाट हाम फालेर भागेपछि गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीले जानकारी दिए ।
न्यौपानेको बाँया खुट्टामा गोली लागेको छ । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : September 2, 2019 at 5:31 pm










