८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

एटीएम ह्याक गरी पैसा लुटेका चिनियाँ नागरिककाे पैसा साट्ने मनी एक्सचेन्जका ३ सञ्चालक पक्राउ

१६ भदौ, काठमाडौँ । प्रहरीले नेपालका बैंकहरुको एटीएम ह्याक गरी पैसा लुटेका चिनियाँ नागरिककाे पैसा साट्ने २ वटा मनी एक्सचेन्जका सञ्चालक पक्राउ परेका छन् ।

डेक्सो मनी एक्सचेन्ज र नेपालय मनी एक्सचेन्जका सञ्चालक पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ । मनी एक्सचेन्जका सञ्चालकहरु , रोशन श्रेष्ठ, रेवती दवाडी र देवनाथ लामिछानेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौँको ठमेलमा रहेको ती दुई मनी एक्सचेन्जबाट चिनियाँ ह्याकरहरुले २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएका थिए । उनिहरूलाई स्रोत नखुलेको रकम साटेकालेअनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : September 2, 2019 at 4:53 pm