एटीएमबाट पैसा लुटेर भाग्दै गरेका थप १ चिनियाँ विमानस्थलबाट पक्राउ
१६ भदौ, काठमाडौँ । एटीएमबाट पैसा लुटेर भाग्दै गरेका थप १ जना चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय सु लुसली नामका चिनियाँ नागरिक रहेका छन् ।
सु लुसली चीन भाग्ने तयारीमा रहँदा अध्यागमनको सहयोगमा प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ । एटीएमबाट पैसा लुटेर फरार भएका अन्य २ जनाकाे खोजीकार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रहरीले शनिबार दरबारमार्गबाट ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति : September 2, 2019 at 10:42 am









