२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

कार्यालयमा निदाउने र फेसबुक चलाउने कर्मचारीलाई कारबाही गर्न मन्त्री भट्टराईको निर्देशन

१५ भदौ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइलसमेत नचलाउन निर्देशन दिएका छन् ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार काठमाडौँमा उद्घाटन गर्दै मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारबाही गर्न विमानस्थल नेतृत्वलाई निर्देशन समेत दिएका छन् ।


मन्त्री भट्टराईले विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सीसी टिभी क्यामेराको थप व्यवस्था गर्ने योजना रहेको पनि बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनीसमेत मन्त्री भट्टराईले दिएका छन् ।

मन्त्री भट्टराईले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्ने समेत स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : September 1, 2019 at 12:38 pm