८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ७ घण्टा बन्द हुने

१५ भदौ, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबार रातिदेखि ७ घण्टा बन्द हुने भएको छ । धावनमार्गको स्तरोन्नतिका लागि हरेक राति साँढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द गरिने भएकाे हाे ।

पुस १५ गतेसम्म विमानस्थल स्तरोन्नतिको काम चल्नेछ । दोस्रो चरणमा धावनमार्गको मध्य रेखामा बत्ती राख्ने, ट्याक्सी–वे, एप्रोन र धावनमार्ग जोड्ने लिंक रोड, धावनमार्गसँग जोडिएका ढल मर्मत आदि काम हुनेछ ।

विमानस्थल कार्यालयले विमानस्थल बन्द हुँदा पहिलाजस्तो उडान प्रभावित नहुने जनाएको छ । अहिले विमानस्थलमा आन्तरिक र बाह्य गरी दैनिक ४ सय उडान तथा अवतरण हुने गरेका छन् । नयाँ स्वरुपको धावनमार्ग सञ्चालनमा आएसँगै विमानस्थल २४ सै घण्टा सञ्चालन गर्न सकिने नागरिक उड्ययन प्राधिकरणले जनाएकाे छ ।

यसअघि चैत ११ देखि असार १६ गतेसम्म १० घण्टा आंशिक उडान बन्द गरेर पहिलो चरणको धावनमार्गको कालोपत्रे फेरिएको थियो ।

प्रकाशित मिति : September 1, 2019 at 10:10 am