काठमाडाैँकाे दरबारमार्गमा एटीएमबाट पैसा चोर्दैगर्दा ५ चिनियाँ पक्राउ, १ करोड २६ लाख बरामद
१५ भदौ, काठमाडौँ । काठमाडाैँकाे दरबारमार्गमा एटीएमबाट पैसा चोर्दैगर्दा ५ चिनियाँ पक्राउ परेका छन् । मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जनाचिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुकाे साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद गरेकाे छ । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । दिउँसो पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गर्ने प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : September 1, 2019 at 9:40 am







