पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु
१५ भदौ, जाजरकोट । जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । आज बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु ९ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि टोली खटिएको, सशस्त्र प्रहरी पनि खटिएको उहाँले बताउनुभयो । अहिले घटनास्थलमा उद्धारकार्य जारी छ ।
प्रकाशित मिति : September 1, 2019 at 9:03 am









