बसले स्कुटरलाई ठक्कर दिँदा १ जनाकाे मृत्यु, १८ घाइते
१४ भदौ, भद्रपुर । झापाको कनकाई नगरपालिका – १ जामुनखाडीमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ की सुजन पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको मे ११ प ८९७७ नं को स्कुटरलाई सोही दिशातर्फ गइरहेको को १ ख ७२०४ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक पोखरेल घाइते भएकी थिइन् ।
उनको उपचारकै क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बसमा सवार यात्रु पनि घाइते भएका थिए । उनीहरुको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : August 31, 2019 at 1:40 pm









