८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

माछा मार्ने क्रममा दुर्लभ अजिंगर भेटियाे

१३ भदौ, सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ स्थित गिदखोरामा आज एक अजिंगर फेला परेको छ । खाडलमा माछा मार्ने क्रममा स्थानीयवासीले सात फिट लामो १० किलो तौल भएको अजिंगर फेला पारेपछि त्यसलाई नियन्त्रणमा लिई भारदहस्थित इलाका प्रहरी कार्यालयमा बुझाएका थिए ।

उक्त अजिंगर रुपनगरस्थित इलाका वन कार्यालयका सहायक वन अधिकृत उमेश यादवको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताउनुभयो । वन कार्यालयले पनि कोशीटप्पु वन्यजन्तु आरक्षलाई उक्त अजिंगर बुझाउने जनाइएको छ ।

प्रकाशित मिति : August 30, 2019 at 1:04 pm