७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

प्रहरीको भ्यानले ठक्कर दिँदा कोटेश्वरमा १ जनाको ज्यान गयाे

२९ साउन, काठमाडौँ । प्रहरीको भ्यानले ठक्कर दिँदा १ जनाको ज्यान गएकाे छ । मंगलबार राती महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट अनुगमनमा खटिएको प्रहरीको बा १ झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिँदा एक जनाको ज्यान गएकाे हाे ।

भ्यानकाे ठक्करबाट गम्भिर घाइतेलाई उद्दार गरी राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको थियो । घाइतेको आज बिहान ९ बजे मृत्यु भएको हाे ।प्रहरीका अनुसार मृत्यु हुने व्यक्ति सडकमै बस्ने गरेको हुनसक्ने अनुमान गरिएको छ । घाइतेले बोराको कपडा बनाएर लगाएको पाइएकाले  उनी मानसिक सन्तुलन गुमाएको व्यक्ति हुनसक्ने प्रहरीले अनुमान गरेकाे ।

घटनाको अनुसन्धानका लागि चालक र सवारीसाधनलाई महानगरीय प्रहरी बृत्त बानेश्वरमा राखिएको छ ।

प्रकाशित मिति : August 14, 2019 at 11:44 am